06 Dec, 2025
वस्तु तथा सेवाका लागि सूचीदर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०२५ जनवरी ५
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरुको राष्ट्रिय सञ्जालको रुपमा सन् २००३ मा स्थापना भएको नागरिक सञ्जाल हो । यस सञ्जालले स्थापना कालदेखि नै बाल अधिकारको प्रर्वद्धनका लागि सदस्य संस्थाहरुको क्षमता विकास एवम् नेपाल सरकारसँग साझेदारी गर्दै नीति, योजना र कार्यक्रमहरुमा सरकारलाई रचनात्मक सहयोग गर्दै आएको छ । बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार र बाल अधिकार हनन्का घटनाहरुमा न्यायको लागि विशेष पहल तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियानको प्रर्वद्धनका साथै बाल अधिकार सुशासनका लागि क्रियाशील रहेको छ ।
यस सञ्जाल मार्फत सन् २०२५ मा बाल अधिकार सम्बन्धी विभिन्न अभियानका कार्यक्रमहरुलाई प्रभावकारी सञ्चालन गर्न तपसिल बमोजिमका समाग्री तथा सेवा सरल र गुणस्तरीय तरिकाले आपूर्ति गर्न आवश्यक भएकाले कानूनी हैसियत प्राप्त ईच्छुक फर्म, कम्पनी, सप्लायर्स, संस्थाहरु तथा व्यक्तिहरु (सेवाप्रदायक) लाई सूचीकरण हुन तोकिएको ढाँचामा यसै साथ संलग्न फारम (Supplier Registration Form) भरी आवश्यक कागजातहरुका साथ शिलबन्दी गरी १५ दिन भित्रमा तल दिइएको ठेगानामा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक सामग्री तथा सेवाहरुको वर्गीकरण
१ | कार्यालय मसलन्द/स्टेशनरी तथा अन्य कार्यालय सञ्चालनका सामग्री (Stationaries and utilities) | २ | प्रेस, डिजाइन तथा छापाई सम्बन्धी काम (Press and Printing works) |
३ | होटल सेवा (Hotel Service)-फूल बोर्ड, डे प्याकेज | ४ | ट्राभल तथा टुर सेवा (Air Ticket, Vehicle Hiring (bus, car, jeep etc) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा,आन्तरिक तथा बाहृय सेवा समेत |
५ | कम्प्युटर, प्रिन्टर लगायत सूचना प्रविधिसँग सम्बन्धित सामग्रीहरु (Computers, Printers, Accessories (hard drive, pen drive, mouse, keyboard, sound speaker, scanner,cables etc) | ६ | भिजिविलिटि तथा ब्रान्डिङ सामग्री (T-shirt, Print Book Cap, Pen, Jacket, Bag, Diary etc) |
७ | कम्प्युटर तथा अन्य विद्युतीय र सूचना प्रविधिसम्बन्धी सामग्रीहरुको मर्मत तथा संभार (Repair and Maintenance Service for Computer, Printers and other electrical and electronic equipment) | ८ | कार्गाे तथा कुरीयर सेवा (Cargo & Currier Service) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा,आन्तरिक तथा बाहृय सेवा समेत |
९ | विज्ञापन (विद्युतीय तथा छापा) सेवा (Advertisement Agency) | १० | फर्निचर (Furniture) |
११ | फोटाग्राफी तथा भिडियोग्राफी, इभेन्ट म्यानेजमेन्ट सेवा आदी। |
परामर्शदाता सेवा (Consultancy Service): Requested to submit by mentioning the number of service if consultant or suppliers want to register for more than one service/category
1 | Translator/Interpreter | 2 | Research, Evaluation, Success/Impact Story writing |
3 | Photography, Audio, Video, Documentary Production and Media Campaigning | 4 | Policy Analysis and Advocacy Plan/Strategy Development |
5 | Training, Capacity Building | 6 | Report, Proposal, Concept Note and Event Report Writing |
7 | Auditing, Tax, etc | 8 | Graphic/Illustrator/IEC/BCC materials designing |
9 | IT/Software/Application/Database designing | 10 | Development of Manuals, Guidelines, Curriculum, Standard Operating Procedures etc) |
दरखास्त फारमका साथ पेश गर्नपर्ने कागजातहरु
१. पूरा भरी छाप तथा दस्तखत गरिएको “Supplier Registration Form”
२. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. २०८१/८२ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. नागरिकताको प्रतिलिपि
६. अध्यावधिक वैयक्तिक विवरण (व्यक्तिगत परामर्शदाताको लागि
७. एकै जनाको नाममा एउटा भन्दा बढी फर्म दर्ता भएको खण्डमा उक्त फर्महरुको नाम उल्लेख गरी स्व:घोषणा गर्नुपर्ने ।
८. भेण्डर प्रोफाइल
९. परामर्शदाताको हकमा सेवाको विस्तृत विवरण पेश गर्नुपर्ने
आवेदन पेशगर्नु पूर्वका शर्तहरु
नोट: आवेदन संस्थाको इमेल तथा खामबन्दी गरी तपसिलको ठेगानामा पठाउन सकिनेछ साथै अन्य आवश्यक जानकारीको लागि यस संस्थाको तपसिलको ठेगानामा सम्र्पक गर्न सकिनेछ।
इमेल: procurement.czop2023@gmail.com फोन: 9851332483, 9851337484
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) गौतमबुद्ध मार्ग, अनामनगर २९ काठमाण्डौ (भाटभटेनी नजिकै)
संलग्न: